३१ वर्षको उमेरमा भरानद्वारा फुटबलबाट सन्न्यासको घोषणा
पेरिस । फ्रान्सका डिफेन्डर राफायल भरानले ३१ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका डिफेन्डर गत जुलाईमा इटालियन टोली कोमोसँग फ्रि–ट्रान्सफरमा अनुबन्ध भएका थिए । तर, गत महिना सम्पडोरियासँगको डेब्यू खेलमा उनको घुँडामा चोट लागेको थियो । भरानले उनी क्लबमा नै खेलाडीबाहेकको भूमिकामा रहने बताएका छन् ।
भरनाले फ्रेन्च टोली लेन्सबाट आफ्नो करियरको सुरुवात गरेका थिए । तर, सिनियर टोलीमा एक वर्षमात्र बिताएर उनी सन् २०११ मा रियल मड्रिडसँग अनुबन्ध भएका थिए ।
१० वर्ष रियलमा बिताएका उनले त्यहाँ १८ वटा उपाधि जितेका थिए । यसमा ३ वटा ला लिगा र ४ वटा च्याम्पियन्स लिगको उपाधि सामेल छन् ।
सन् २०२१ मा ३.४ करोड पाउन्डमा ओल्ड ट्राफोड आएका उनले क्लबका लागि ९५ खेल खेले । यस क्रममा उनले सन् २०२२ मा काराबाओ कप र गत मेमा एफए कपको उपाधि जिते ।
उनले सन् २०१३ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । ९३ खेल खेल्दै उनले सन् २०१८ मा विश्वकपको उपाधि जितेका थिए । सन् २०२१ मा नेसन्स लिगको उपाधि जित्नुका साथै उनी सन् २०२२ को विश्वकपको फाइनलमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण