ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौँ : मेयर महर्जन
ललितपुर । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताएका छन् । बुधबार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरू पुर्याई सक्नेगरी योजना तय गरिएको पनि बताए । महानगर उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपदमा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उनको भनाई छ ।
मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबी समेत गरे । उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट सुरु गर्ने समेत जानकारी दिए ।
मेयर महर्जनले भने, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपदमा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौँ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ । हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनैपनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपद्का अवयवहरू दमकल, एम्बुलेन्सलगायतका सामग्रीहरूको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ ।’
मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण