बीआरआईले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेछ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । काठमाडौँमा बुधबार आयोजित ‘बीआरआई : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै दाहालले बीआरआईले पूर्वाधार विकास, व्यापार विस्तार, र अन्तरदेशीय सम्पर्कलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
उनले सन् २०१७ मा नेपाल र चीनबिच बीआरआई समझदारीमा हस्ताक्षर भएको र यसले नेपाललाई ऊर्जा, सडक, रेल सम्पर्क लगायत ठुला परियोजनामा साझेदारीको अवसर प्रदान गर्ने उल्लेख गरे । बीआरआईअन्तर्गत नेपालले भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
दाहालले बीआरआईले नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्दै रोजगार सृजनामा योगदान पुर्याउने र औद्योगिक विकासलाई गति दिने बताउँदै नेपालले परियोजनाबाट व्यापार, कृषि, हाइड्रोपावर, र हस्तकलामा लाभ उठाउन सक्ने धारणा राखे । साथै, दुई देशबिचको सांस्कृतिक, शैक्षिक, पर्यटन र स्वास्थ्य क्षेत्रमा पनि सहकार्य विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण