मेलम्चीका बाढीपीडितको चेतावनी, 'हाम्रा माग पूरा नभएसम्म पानी काठमाडौँ लैजान दिदैनौँ'
सिन्धुपाल्चोक । मेलम्चीका बाढीपीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् ।
तीन वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो धनमालको क्षति भएको थियो । तर सरकारले बाढीपीडितको पुन:स्थापनाका लागि ठोस् पहल नगरेको भन्दै पीडितहरूले गुनासो गर्दै आएका छन् ।
उनीहरूले बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तीन किमि क्षेत्रमा प्रदर्शन गरेका हुन् । आफूहरूले यतिञ्जेल पर्खिएको, तर सरकारले अहिलेसम्म पनि बेवास्ता मात्रै गर्दै आइरहेको भन्दै उनीहरूले अब तत्काल आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने अडान अघि सारेका हुन् ।
बाढीले क्षति गर्ने डरका कारण मेलम्चीको सुरुङ गत असार १० गतेदेखि बन्द रहेको छ । हाल मेलम्ची विकास समितिले पानी काठमाडौं ल्याउन मुहान क्षेत्रमा तयारी गरिरहेको छ ।
बाढी प्रभावितले यसअघि पनि माग पूरा गराउन पटक–पटक दबाब दिँदै आएका छन् । पछिल्लो पटक स्थानीय राजनीतिक दलहरूका पालिकास्तरीय प्रमुख तथा प्रतिनिधिहरू एवं स्थानीय संघर्ष समितिले गत भदौ ३० गते संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभए पानी सुरुङमा प्रवेश गराउन नदिने चेतावनी दिएका थिए ।
बुधबार स्थानीयले हेलम्बुको किउलदेखि स्थानीय चनौटे, शेरा, ग्याल्थुम हुँदै तालामाराङ बजारसम्म प्ले-कार्डसहित जुलुस प्रदर्शन गरे । जुलसमा सहभागी स्थानीय अगुवा शिवप्रसाद लामिछानेले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको भन्दै अब बाढीपीडितहरूको पुनर्स्थापनाको ग्यारेण्टी नभएसम्म पानी लैजान नदिने भन्दै आक्रोश पोखे ।
स्थानीयले बाढीमा बेपत्ता भएकाहरूलाई आर्थिक सहयोग, खेतीयोग्य जमिनको संरक्षण र सिंचाइ व्यवस्थापन, बैंकको ऋण मिनाहा, विस्थापितको पुनर्स्थापन, स्थानीय साना उद्योग सञ्चालन गर्न सहुलियत दरमा ऋण, पुल तथा सडकको निर्माणलगायतका १७ बुँदे माग अघि सारेका छन् ।
स्थानीय संघर्ष समितिका अध्यक्ष पासाङ लामा र सचिव छिरिङ ग्याल्मु लामा, कांग्रेस हेलम्बु पालिका अध्यक्ष राजकुमार भण्डारी, एमाले हेलम्बु गाउँपालिका प्रतिनिधि रवि भण्डारी, माओवादी केन्द्र गाउँपालिका अध्यक्ष मोदनाथ भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति दिनेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबाबु सापकोटाले संयुक्त विज्ञप्तिमार्फत उक्त माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण