स्पेनिश लालिगा फुटबल : गेटाफेविरुद्ध बार्सिलोनाको जित, जिरोना र वालेकानोले अंक बाँडे
काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत बुधबार राति भएको खेलमा गेटाफेविरुद्ध १-० को जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले १९ औँ मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक बन्यो । खेलमा बार्सिलोनाले दर्जनौँ राम्रा प्रयास गरेपनि थप गोल भने हुन सकेन ।
त्यसअघि बुधबारै भएको खेलमा जिरोना र रायो वालेकानोले अंक बाँडे । घरेलु मैदान भएपनि जिरोनाले वालेकानोविरुद्ध कुनै फाइदा उठाउन सकेन ।
दुवै टिम शुन्यको बराबरीमा मैदानबाहिर भए । खेलमा पहेँलो कार्डको वर्षा नै भयो । ७ खेलाडीले पहेँलो कार्ड पाएका थिए । जिरोनाले बलमा राम्रो कब्जा बनाएपनि गोल भने गर्न सकेन ।
दुवै टोलीले ५-५ खेल खेलिसक्दा लिग तालिकामा जिरोना ८ अंकसहित १२ औँ स्थानमा छ भने वालकानो ९ अंकसहित १० औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण