दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ
काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदै छ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन् ।
चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।
चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन् ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ ।
निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ ।
चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता छन् । विनोद सुवेदी खत्रीले चलचित्रको निर्माण नियन्त्रकको भूमिका निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण