इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ५ जना सर्टलिष्टमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ५ जनाको नाम अल्पसूची (सर्टलिष्ट)मा परेका छन् । डीन छनौट समितिमा परेका आवेदनहरूमध्ये वर्णानुक्रमानुसार अल्पसूची निकालेको हो ।
उनीहरूको प्रस्तुति र अन्तर्वार्ता असोज ११ गते विशान ८ बजेदेखि त्रिवि उपकुलपतिको कार्यालयमा हुनेछ । प्रस्तुति र अन्तर्वार्ताका लागि छनौटमा पर्नेहरूमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
संस्थानको डीनका लागि ११ जनाले आवेदन दिएका थिए । जसमा छनौटमा परेमा पाँच जना बाहेक डा.नन्दविक्रम अधिकारी, डा.राजन सुवाल, प्रा.डा महेशचन्द्र लुईंटेल, डा.हरिराम पराजुली, प्रा.डा सुदन झा र डा.जगतकुमार श्रेष्ठले आवेदन दिएका थिए ।
सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम संस्थानको डीन पदका लागि आवेदन दिन आह्वान गरेको थियो । विनियमको परिच्छेद २ मा डीन पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्था छ ।
जसमा त्रिवि कार्यकारी परिषद्बाट गठन गरिने संयोजक र अन्य २ जना प्राध्यापक वा सहप्राध्यापक सदस्य रहेको समितिले डीनका लागि सिफारिस गर्ने उल्लेख छ । उक्त समितिले तीन जनाको नाम कार्यकारी परिषद्मा पेस गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण