उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क अद्यावधिक गरेको छ । बैङ्कले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको हो ।
आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरूलाई अनुसरण गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
विगतका वर्षमा नेपाल राष्ट्र बैङ्कले पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्दै आएकोमा यस वर्षबाट नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको जनाएको छ ।
अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५२५ वस्तु तथा सेवाहरू समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । जसमा नयाँ उपभोग्य वस्तुहरू थप गरिएको र प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ उल्लेख छ ।
साविकको डालो (बास्केट) मा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण