प्रथम झापा– १ काठमाडौँ कप फुटसल : मैदानमा राजनीतिज्ञलाई कलाकारको चुनौती
काठमाडौँ । ‘प्रथम झापा–१ काठमाडौँ कप फुटसल प्रतियोगिता–२०८१’ आयोजना हुने भएको छ । ललितपुरको जाउलाखेलस्थित डीएभी स्कुलमा शनिवार आयोजना हुने उक्त प्रतियोगितामा ३० वर्ष मुनिका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिता झापा–१ सांसद सचिवालय र नेपाली कांग्रेस झापा–१ काठमाडौँ सम्पर्क समितिको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोगितामा सात वटा टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा झापा क्षेत्र नम्बर. १ का सात वटा टोली साविकका गाविस शान्तिनगर, बाहुनडाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबिच बिच प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताको विजेता टोलीले २१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीले ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने जानकारी आयोजक झापा १–काठमाडौँ सम्पर्क समितिका प्रमुख प्रज्ज्वल कोइरालाले दिए ।
सोही अवसरमा झापाका राजनीतिक दलका नेताविरुद्ध झापाका कलाकारबिच रोमाञ्चक मैत्रीपूर्ण खेल पनि हुने आयोजकले जनाएको छ । मैत्रीपूर्ण खेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका नेता अग्नि खरेल, एलपी साँवालगायतका नेताहरू सहभागी हुने बताइएको छ ।
कलाकारको टोलीबाट सिताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकीलगायतले खेल्नेछन् । सो अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति रहने बताइएको छ ।
यसका अतिरिक्त सोही अवसरमा पेसा व्यवसायीविरुद्ध कर्मचारी, झापा क्षेत्र नम्बर १ क र ख का महिला टोलीबिच पनि मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ । वडादशैँ, तिहार, नेपाल सम्वत र छठको शुभकामना आदान–प्रदान गर्ने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण