प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिन्छ: तामाङ
काठमाडौँ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मलेनको उद्घाटन त्रिमा बोल्दै उनले प्रचण्डलाई सबैले समर्थन गरेमात्र समाजवादको लक्ष्यमा पुग्न सकिने जिकिर गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले ०८४ मा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन विद्यार्थीलाई आग्रह गरे ।
‘प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ’, तामाङले भने ।
यस्तै अखिल क्रान्तिकारी घरको बाघ नभई वनको बाघ भन्ने तथ्यलाई सिद्ध गर्न सम्मेलनले प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण