संवैधानिक इजलासको आदेश : पूर्वसभामुख सापकोटामाथि भएको अनुसन्धान किन पेस भएन ?
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नी सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक पटक आदेश भैसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन भनेको हो ।
‘हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै, यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट देखिएन’ आदेशमा भनिएको छ- ‘त्यसकारण सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउनका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण