जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले
बिहीबार, १० असोज २०८१, २० : ४२

काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताएका छन् ।
बिहीबार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले यस्तो बताएका हुन् ।
उनले प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बागमती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।
स्थानीय सरकारले योजना छनोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
-
पालिकाले अस्पताल चलाएनन् भन्ने होइन, अब संघले नै चलाउनुपर्छ
-
बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा
-
पालिकास्तरीय अस्पतालमा प्रदेश सरकारलाई किन जोडिएन ?