जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले
बिहीबार, १० असोज २०८१, २० : ४२
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताएका छन् ।
बिहीबार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले यस्तो बताएका हुन् ।
उनले प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बागमती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।
स्थानीय सरकारले योजना छनोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण