जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन् ।
इन्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौँ मन्त्रिस्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण असर परिरहेकाले यसबाट कृषि र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएका बताए । उनले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वकालत गर्दै आएको स्मरण गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले भने, “एक संसद् सदस्यको हैसियतमा नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद् गठन गर्न सधैँ वकालत गर्दै आएको थिएँ । अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउँदछु ।” नेपाल स्वास्थ्य क्षेत्रमा राष्ट्रिय अनुकूलन योजना विकास गर्ने दक्षिण एसियाको पहिलो देश भएको उनले उल्लेख गरे ।
मन्त्री पौडेलले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको बताउँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अनुसन्धान एवं अध्ययन तथा जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरणसँगै स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधिता र वातावरणीय दिगोपन कार्यान्वयन गरिरहेको उल्लेख गरे ।
कोप–२६ मा जलवायु अनुकूल कम कार्बन स्वास्थ्य प्रणाली निर्माण गर्न प्रतिबद्धता जनाएको स्मरण गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमार्फत हुने ग्रिन हाउस ग्यास उत्सर्जनको आधारभूत मूल्याङ्कन गर्न नेपाल सफल भएको जानकारी दिए । सबै ५१ देश र क्षेत्रहरूमा सदस्यता खोल्ने प्रावधानको प्रशंसा गर्दै उनले भने, “नेपाल यस क्षेत्रीय फोरमको पूर्ण सदस्य बन्न इच्छुक छ ।”
जलवायु परिवर्तन र वायु प्रदूषणका कारण हुनसक्ने स्वास्थ्य जोखिमबारे नागरिकलाई सचेत गराउन जनचेतना अभियान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पौडेलले जलवायु स्वास्थ्य शिक्षालाई विद्यालयतहका पाठ्यक्रम र सामुदायिक कार्यक्रमहरूमा समावेश गर्नुपर्ने सुझाव दिए ।
वातावरण, कृषिसम्बन्धी खाद्य सुरक्षा र पशुधन र मानव स्वास्थ्यका मुद्दाहरूलाई सम्बोधन गरिने स्वास्थ्य ‘एजेन्डा’मा नेपालको समर्थन रहने बताउँदै मन्त्री पौडेलले जकार्ता घोषणापत्रमा प्रस्तुत गरिएका कार्यहरूप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण