स्पेनिश लालिगा : भिगोविरुद्ध मड्रिडको जित
शुक्रबार, ११ असोज २०८१, ०३ : ०९
काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा एथलेटिको मड्रिडले सेल्टा भिगोलाई १-० गोलले पराजित गरेको छ ।
भिगोको घरेलु मैदानमा भएको खेलमा मड्रिडका लागि इन्जुरी समयमा जुलियन एल्भराजले गोल गरेर जित दिलाए । खेलमा भिगो हावी भएपनि परिणाम भने आफ्नो पक्षमा पार्न सकेन । जितसँगै मड्रिड पाँच खेलमा तीन जित जुटाउँदै १५ अंकसहित तेस्रो स्थानमा सुरक्षित भएको छ । सेल्टा भिगोले भने पाँच खेलमध्ये एकमात्रै जितेको छ ।
बिहीबार राति नै भएका खेलमा भिल्लारियलले स्पयान्योललाई २-१ गोलअन्तरले हराएको छ । उसका लागि आयोज पेराजले दुई गोल गरेका थिए भने स्प्यान्योलका लागि जोफ्रेले सान्त्वाना गोल फर्काए ।
अर्को खेलमा लस पाल्मस र बेटिसले अंक बाँडेका छन् । दुवैले निर्धारित समयमा १-१ को बराबरी खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण