एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै
काठमाडौँ । नेपालमा हुने एसियाकै ठुलो रग्बी प्रतियोगिता ‘एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । उनी प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन असोज १८ गते नेपाल आउने छ्न ।
प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते हुन लागेको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताका लागि नेपाली टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको छ । उक्त प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत पदक र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।
यो प्रतियोगिता सन् २०२५ मा आयोजना हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले सन् २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
नेपाली टोली सन २०१५ को प्री–ओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गत वर्ष कतारमा सम्पन्न प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो ।
नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएलगत्तै सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा पनि ‘डेब्यू’ गरेको थियो । नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण