अखिल क्रान्तिकारीको बन्दसत्र ११ बजेदेखि सुरु हुने
शुक्रबार, ११ असोज २०८१, १० : १४
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ ।
शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ । प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ। असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने रावलले बताए ।
क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण