जित्नैपर्ने दबाबबिच नेपाल आज बहराइनसँग भिड्दै
काठमाडौँ । ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ मा शुक्रबार नेपालले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले चौथो खेलमा बहराइनको सामना गर्न लागेको हो । नेपाल र बहराइनबिचको खेल अहरान्ह १२ः ४५ बजे सुरु हुनेछ ।
एएफसी यू–२० एसियन कपको छनोट प्रतियोगिता चाइनिज ताइपेइमा सञ्चालन भइरहेको छ । नेपाली टोलीले यसअघि खेलिएको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाली टोलीले आयोजक चाइनिज ताइपेइलाई ३–१ गोलले हराएको थियो । उक्त खेलमा नेपालका लागि समीर तामाङले ह्याट्रिक गरेका थिए । तेस्रो खेलमा भने उज्बेकिस्तानले नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यसैले शुक्रबारको खेलमा नेपाल दोस्रो जित निकाल्ने योजनासहित मैदानमा ओर्लने छ । यो खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ ।
जारी प्रतियोगितामा नेपाल र बहराइन समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा दुई खेलबाट ६ अङ्क बटुलेको उज्बेकिस्तान पहिलो, तीन खेलबाट ६ अङ्क जोडेको कम्बोडिया दोस्रो, दुई खेलबाट तीन अङ्क हात पारेको बहराइन तेस्रो, तीन खेलबाट तीन अङ्क बटुलेको नेपाल चौथो र दुवै खेलमा पराजित भएको चाइनिज ताइपेई पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण