पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध
शुक्रबार, ११ असोज २०८१, २२ : १४
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ। पाल्पाको केराबारी खण्डमा ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
साँझदेखि अवरुद्ध भएको सडकमा अहिले डोजर प्रयोग गरेर सफा गर्ने काम सुरु गरे पनि अधिक वर्षा र रात भएका कारणले समस्या भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
डिभिजन सडक कार्यालय पाल्पाले भोलि बिहानसम्म सडक खुल्ने गरी काम भएको बताएको छ। प्रहरीले उक्त सडकमा रातिमा सवारी साधन चलाउनका लागि रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण