धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता

धादिङ । धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओढारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएका हुन् । शुक्रबार साँझ ५ बजेको समयमा तापी खोलामा माछा मार्ने क्रममा भएको वर्षा छल्न ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर बेनिघाट रोराङ गाउँपालिका- ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेका छन् । पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकिएको उनले बताए ।
रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानै पुनः सुरु गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार