धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता
धादिङ । धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओढारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएका हुन् । शुक्रबार साँझ ५ बजेको समयमा तापी खोलामा माछा मार्ने क्रममा भएको वर्षा छल्न ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर बेनिघाट रोराङ गाउँपालिका- ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेका छन् । पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकिएको उनले बताए ।
रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानै पुनः सुरु गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण