रौतहटका नदीहरूमा जलसतह बढ्दै, सशस्त्र प्रहरीद्वारा माइकिङ
शुक्रबार, ११ असोज २०८१, २३ : १८
रौतहट । रौतहटका नदीहरूमा पानीको सतह बढ्दै गएपछि सशस्त्र प्रहरीले माइकिङ गरी सचेत गराउन थालेको छ । शुक्रवार अविरल वर्षा भएसँगै जिल्लाका नदीहरूको सतह पनि बढ्दै गएको छ ।
जिल्लाको पूर्वमा रहेको बागमती चाँदी झाँझ लगायत नदिखोलामा पानीको सतह बढेको हो । त्यस्तै पश्चिममा रहेको लालबकैया, धनसार लगायत नदीमा पनि पानीको सतह बढ्दै गएको देखिएको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। अध्यक्ष कुशवाहाका अनुसार कटहरिया ४ र ५ सँगै मौलापुर नगरपालिकाको केही वडामा लालबकैया नदीबाट कटानको जोखिम बढेको छ।
वर्षा अझै केही समय रहने भएकाले बागमती, लालबकैया लगायत नदीमा ठुलो बाढी आउने जोखिम रहेको छ। नदी किनारका बासिन्दाहरू बाढीको जोखिमबाट सचेत रहन आवश्यक रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण