घट्न थाल्यो कुलेखानीको जलसतह
मकवानपुर । कुलेखानी जलाशयमा पानीको सतह घट्न थालेको छ । २ वटा ढोका खुल्ला गरेर पानी डिस्चार्ज गरेपछि जलाशयको सतह केही कम भएको हो ।
लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको कुलेखानीको २ वटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
जलाशय भरिएर ओभरफ्लो हुँदा समेत १ हजार ५३१ मिटर पुगेको जलसतह हाल १ हजार ५३०.१० मिटर आइपुगेको उनले बताए ।
जलासयको दुवै ढोका आंशिक रूपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख भट्टका अनुसार जलाशय भरिएपछि जल सतह घटाउन कुलेखानीको दुवै ढोका ४.५ मिटर खोलिएको थियो ।
उनका अनुसार समुन्द्री सतहदेखि १ हजार ५३० मिटर पानी सङ्कलनको क्षमता रहेको जलाशयमा आज बिहान ४:५० बजे १ हजार ५३१ मिटर पुगेको थियो । ड्यामको दुवै ढोका खोलेपछि अहिले बिहान ९:३० बजेसम्ममा जलसतह १ हजार ५३०.१० मिटरसम्म आइपुगेको छ ।
जलाधार क्षेत्रमा लगातार ठुलो पानी परिरहेकोले ड्यामको सुरक्षाको लागि २ वटै ढोका र विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । सो कार्यबाट जलाशयको ३१ लाख क्युबिक मिटर पानी बाहिर पठाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण