हेटौँडा र काठमाडौँ जोड्ने सडकको पहिरो पन्छाउँदै प्रहरी

मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने छोटो दुरीको सडक खुलाउन प्रहरी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय मातहतका प्रहरी प्रयोग गरी हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ तथा भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खुलाउने प्रयत्न भइरहेको छ ।
जेसिबी र मेसिन प्रयोग गरेर ठुलो पहिरो पन्छाइँदै गरिएको र स–साना पहिरो प्रहरीले पन्छाइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी इन्चार्ज प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । सो सडक खण्डको विभिन्न स्थानमा साना–साना पहिरो खसेको र मेसिन आउन समय लाग्ने भएकाले प्रहरीले नै पन्छाउने काम भइरहेको उनले बताइन् ।
उनका अनुसार भीमफेदी बजारबाट माथिल्लो क्षेत्र जुरीखेतको २ स्थानमा पहिरोसहित रुख ढलेकाले सवारी आवागमन नै ढप्प भएको थियो । उक्त पहिरोका कारण पहिरो झरेका क्षेत्र अवलोकनमा समेत जान कठिनाइ भइरहेको उनले बताइन् ।
सडकका साना पहिरो पन्छाउँदै पहिरो झरेका स्थान अवलोकन गरिरहेको उनको भनाई छ । ठुला पहिरोहरू हटाउन मेसिन बेलाएर सडक खुलाउने काम भइरहेको उनले बताइन् । सो सडक खण्डको फाखेल, सिस्नेरी क्षेत्रमा पहिरो खसेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान