हेटौँडा र काठमाडौँ जोड्ने सडकको पहिरो पन्छाउँदै प्रहरी
मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने छोटो दुरीको सडक खुलाउन प्रहरी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय मातहतका प्रहरी प्रयोग गरी हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ तथा भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खुलाउने प्रयत्न भइरहेको छ ।
जेसिबी र मेसिन प्रयोग गरेर ठुलो पहिरो पन्छाइँदै गरिएको र स–साना पहिरो प्रहरीले पन्छाइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी इन्चार्ज प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । सो सडक खण्डको विभिन्न स्थानमा साना–साना पहिरो खसेको र मेसिन आउन समय लाग्ने भएकाले प्रहरीले नै पन्छाउने काम भइरहेको उनले बताइन् ।
उनका अनुसार भीमफेदी बजारबाट माथिल्लो क्षेत्र जुरीखेतको २ स्थानमा पहिरोसहित रुख ढलेकाले सवारी आवागमन नै ढप्प भएको थियो । उक्त पहिरोका कारण पहिरो झरेका क्षेत्र अवलोकनमा समेत जान कठिनाइ भइरहेको उनले बताइन् ।
सडकका साना पहिरो पन्छाउँदै पहिरो झरेका स्थान अवलोकन गरिरहेको उनको भनाई छ । ठुला पहिरोहरू हटाउन मेसिन बेलाएर सडक खुलाउने काम भइरहेको उनले बताइन् । सो सडक खण्डको फाखेल, सिस्नेरी क्षेत्रमा पहिरो खसेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण