भक्तपुरमा पहिरोमा परेर गर्भवतीसहित ३ जनाको मृत्यु

काठमाडौँ । भक्तपुरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका ९ पलासेमा अविरल वर्षापछि खसेको पहिरोमा परेर कालिकोट स्थायी घर सो ठाउँमा जग्गा भाडामा लिएर बसेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने २४ वर्षीय दमिला शाही (गर्भवती), उनी ४ वषीर्य छोरी प्रिया शाही र १४ वर्षीय मनिषा शाहीको मृत्यु भएको हो ।
अहिले घटनास्थलमा प्रहरीको सुरक्षा बेश ब्यासी भक्तपुरबाट सहायकप्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमाण्डमा १० जनाको टोली खटिरहेको जनाइएको । तीनै जनाको शवको मुचुल्का उठाई पोष्टमार्टममा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
पहिरोले पुरेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए । ४ वर्षीया प्रिया दमिलाकी छोरी हुन् । मनिषाचाहिँ दमिलाकी बहिनी हुन् । दमिलाका श्रीमान दुध किन्न गएको अवस्थामा पहिरो खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण