भक्तपुरमा पहिरोमा परेर गर्भवतीसहित ३ जनाको मृत्यु
काठमाडौँ । भक्तपुरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका ९ पलासेमा अविरल वर्षापछि खसेको पहिरोमा परेर कालिकोट स्थायी घर सो ठाउँमा जग्गा भाडामा लिएर बसेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने २४ वर्षीय दमिला शाही (गर्भवती), उनी ४ वषीर्य छोरी प्रिया शाही र १४ वर्षीय मनिषा शाहीको मृत्यु भएको हो ।
अहिले घटनास्थलमा प्रहरीको सुरक्षा बेश ब्यासी भक्तपुरबाट सहायकप्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमाण्डमा १० जनाको टोली खटिरहेको जनाइएको । तीनै जनाको शवको मुचुल्का उठाई पोष्टमार्टममा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
पहिरोले पुरेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए । ४ वर्षीया प्रिया दमिलाकी छोरी हुन् । मनिषाचाहिँ दमिलाकी बहिनी हुन् । दमिलाका श्रीमान दुध किन्न गएको अवस्थामा पहिरो खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण