पहिरो
दोलखामा एकै परिवारका ३ जनाको मृत्यु, ३ वर्षीय बालकको उद्धार
शनिबार, १२ असोज २०८१, २१ : ३९

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–६ स्थित सिम्पानीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । इन्स्पेक्टर शत्रुघन कुमार महतो नेतृत्वको टिमले स्थानीय राजकुमार भुजेलको घरबाट ३ वर्षीय बालकलाई जीवित उद्धार गरेका छन् ।
३ वर्षका युवराज भुजेलाई उद्धार गरेर प्रहरीले धुलिखेल हस्पिटलको शाखा अस्पताल भीमेश्वरमा उपचार गर्न पठाइएको थियो । उपचारपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ ।
पहिरोका कारण ४० वर्षीय राजकुमार भुजेल, उनकी पत्नी ३६ वर्षीया राधिका भुजेल र छोरा १५ वर्षका सुजन भुजेलका मृत्यु भएको छ । जीवित उद्धार गरिएका युवराज राजकुमारका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव