आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले आज स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने भएको छ। भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थीहरू बाटोमै रोकिएपछि आजका लागि तोकिएको परीक्षा स्थगित गरेको थियो।
आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए। असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।
परीक्षा दिनका लागि काठमाडौँ हिँडेका विद्यार्थीहरू नारायण मुग्लिङ सडक खण्डमा अलपत्र परेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उनीहरू अलपत्र परेका हुन्।
सरकारले समेत तत्काल सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँग सम्पूर्ण परीक्षा स्थगित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण