‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध
काठमाडौँ । ‘आपत्तिजनक व्यवहार’ गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले अर्जेन्टिनाका आगामी दुई खेल गुमाउने भएका छन् । सन् २०२६ को विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्ध देखाएको व्यवहारका लागि उनीमाथि प्रतिबन्ध लगाइएको हो ।
गत ६ सेप्टेम्बरमा चिलीलाई ३–० गोलले हराएपछि मार्टिनेजले सन् २०२२ को विश्वकप जितेपछि गरेको विवादित ‘सेलिब्रेसन’ दोहोर्याएका थिए । यसपटक उनले कोपा अमेरिकाको नक्कली ट्रफीका साथ खुसीयाली मनाए ।
त्यसपछि सेप्टेम्बर १० मा कोलम्बियासँग १–२ गोलले हारेपछि मार्टिजेनजले क्यामेराम्यानको क्यामेरामा आफ्नो पञ्जा फालेका थिए । अर्जेन्टिनी फुटबल एसोसिएसनले प्रतिबन्धप्रति असन्तुष्टि जनाए पनि मार्टिनेज आफ्नो हर्कतका लागि जिम्मेवार भएको बताएको छ ।
अब उनले अक्टोबरमा हुने भेनेजुएला र बोलिभियाविरुद्धको खेल गुमाउनेछन् । अर्जेन्टिनाका लागि ४७ खेल खेलेका मार्टिनेज सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । यसका लागि गोल्डन ग्लोब हात पारेपछि उनले आपत्तिजनक सङ्केत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण