'तिम्ले बाटो फेर्यौ अरे' करोड क्रसमा, राजेश पायल र मेलिनाले काटे केक
प्रकाश चाम्लिङ
काठमाडौं - गीतकार दर्पण राई पहिलो गीतलेनै चर्चा कमाउन सफल, भाग्यमानी सेलीव्रेटीमा पर्छन् । 'तिम्ले बाटो फेर्यौ अरे', तिमिलाई मनपराउनु, बेबी आईलभ-यू लगायत चर्चित गीत दर्पण स्वयंमले लेखेर आफै संगीत भरेका छन् । युटुवमा करोडौ बढी दर्शकको माया मिलेको छ 'तिम्ले बाटो फेर्यौ अरे'लाई । टंक बुढाथोकीले संगीत भरेको यस गीतलाई दर्पण स्वयंमले लेखेका हुन् ।
यस गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेसन कार्यक्रमको आयोजना गरेको छ । राई इज-किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको टीमले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका हुन् । गीतले करोड भन्दा बढी भ्युज पाएर पनि आफ्नो कदम नरोकिएको बताउँदै मोडल तथा गायिका सम्झना रार्इले यो नेपाली साँगीतिक आकाशमा विशेष उपलब्धी रहेको बताईन् ।
कार्यक्रममा राजेशपायल राईले सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद दिएका छन् । एमएमएस ईन्टरटेन्मेन्टलाई धन्यवाद दिदै गीतकार दर्पण राइसँगको शुरुवातको भेटलाई सम्झदै भने - शुरुवातमा दर्पणको अनुहार हेर्दा पत्यार लागेको थिएन, किनकी यती हेन्सम गीतकार नेपालमा कमै छन् ।
गायिका मेलिना राईले यस गीत गाउन पाएकोमा तथा दर्शक, श्रोताको माया पाएकोमा आफुलाई निकै भाग्यमानि महसुस गरिरहेको बताईन् । दर्पण राई र सम्झना राईको हातबाट राजेशपायल राई, मेलिना राई र जिग्मे छ्योकी घिसिङलाई माायाको चिनो (टोकन अफ लभ) समेत प्रदान गरियो ।
चर्चित कलाकार शिशिर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा राजेशपायल, मेलिना र जिग्मेले 'तिम्ले बाटो फेर्यौ अरे' गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा डान्सर प्रेरणा राईले नृत्य प्रस्तुत गरेकी थिइन् । बाल गायक आयुष केसीले 'यो मुटु दुख्छ किन' बोलको गीत गाएका थिए । कार्यक्रममा कलाकारिता र गीत संगीतलाई माथि लैजान महत्वपुर्ण भुमिका रहेको भन्दै दर्जन बढी पत्रकारलाई खादाले सम्मान गरिएको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण