मेस्सीको गोलले हारबाट जोगियो इन्टर मियामी
आइतबार, १३ असोज २०८१, ०९ : ३२
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबलको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना स्टार लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई शार्लोट फुटबल क्लबले १–१ गोलको बराबरीमा रोकेको हो ।
मेस्सीले इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औँ मिनेटमा शार्लोटले अग्रता लिएको थियो । इन्टर मियामीको घरेलु मैदानमा खेलिएको उक्त खेलमा शार्लोटका लागि कारोल स्विडर्सकीले गोल गरेका थिए ।
तर, शार्लोटको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि मेस्सीले बराबरी गोल गरेका थिए । खेलका क्रममा इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी लुइस स्वारेजले केही गतिला अवसर खेर फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण