मेस्सीको गोलले हारबाट जोगियो इन्टर मियामी
आइतबार, १३ असोज २०८१, ०९ : ३२

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबलको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना स्टार लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई शार्लोट फुटबल क्लबले १–१ गोलको बराबरीमा रोकेको हो ।
मेस्सीले इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औँ मिनेटमा शार्लोटले अग्रता लिएको थियो । इन्टर मियामीको घरेलु मैदानमा खेलिएको उक्त खेलमा शार्लोटका लागि कारोल स्विडर्सकीले गोल गरेका थिए ।
तर, शार्लोटको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि मेस्सीले बराबरी गोल गरेका थिए । खेलका क्रममा इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी लुइस स्वारेजले केही गतिला अवसर खेर फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड
-
प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
-
दूरगामी महत्वका नीति तथा कार्यक्रममाथि सरकारले कैँची चलायो– प्रचण्ड
-
पीएसजीका युवा विंगरका लागि रियल म्याड्रिड ठुलो रकम खर्चन तयार
-
अध्यक्ष प्रचण्डको प्रश्न : दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता ?
-
गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह