पहिरो
झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो
आइतबार, १३ असोज २०८१, १२ : ०३
काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।
पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव निकालिएको हाे ।
पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्याएको छ। बस पुरिएको भगनावेश हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू यहाँ परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण