पहिरो
झ्याप्ले खोला पहिरो: आफन्तहरु घटनास्थलमा, मृतकको संख्या २८ पुग्यो
आइतबार, १३ असोज २०८१, १२ : ३३
धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त घटनास्थलमा आएका छन् । मृतक व्यक्तिका ११ जना आफन्त घटनास्थल आइपुगेका हुन् ।
गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।
अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।
शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण