झ्याप्ले खोला पहिरो
झ्याप्ले खोला घटनास्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइयो
आइतबार, १३ असोज २०८१, १३ : ०४

धादिङ । झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको हो ।
सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको भनाई छ । शनिवार झ्याप्ले खोला पहिरोमा बस र हाइस पर्दा दर्जनौँको मृत्यु भएको थियो ।
शनिबार धादिङको धुनीवेशी नगरपालिका–९ झ्याप्ले खोलास्थित पहिरोमा बस र हाइस पर्दा दर्जनौको मृत्यु भएको थियो । पहिरोमा गोरखा र चितवन लगायतका जिल्लाबाट आएका सवारी साधन परेका थिए ।
अहिले घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।