उद्धार तथा राहतमा जुट्न नेता कार्यकर्तालाई जसपा नेपालको निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले आइतबार एक विज्ञप्ति जारी गरी बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा अविलम्ब जुट्न निर्देशन दिएका छन् । पीडितलाई राहत उपलब्ध, आवासको तत्काल व्यवस्था, घाइतेको निःशुल्क उपचारका साथै पीडितहरूका लागि तत्कालै भोजन, रक्षा र उद्धारको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग भाग गरेको छ ।
राज्यले सबै सुरक्षा निकायको परिचालन गरी आवश्यक सम्पूर्ण शक्तिका साथ उद्धार एवं राहत कार्यमा जुट्न जसपा नेपालले माग गरेको छ ।
अविरल वर्षा पश्चात् देशका अधिकांश ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण एक सय जनाभन्दा बढीको मृत्यु तथा सयौँ बेपत्ता हुनुका साथै भौतिक संरचनाहरूमा ठुलो क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण