सुरक्षाकर्मीसहित स्थलगत निरीक्षणमा पुगे सांसद चौधरी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुबानमा परेका हुन् । बाढीका कारण डुबानमा परेका ती क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थलगत निरीक्षणमा पुगेका हुन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार चौधरी आइतबार बिहान बाढी, डुबान क्षेत्रमा पुगेका हुन् । सो क्रममा उनले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए ।
‘राहत वितरणको काम तत्काल सुरु हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनर्स्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ‚’ उनले भने ।
नारायणी नदीका कारण सुस्तामा डुबान भएको हो भने धनेवा र झरेवा खोलाका कारण प्रतापपुर र सरावलका केही बस्तीमा बाढी पसेको हो । प्रतापपुर गाउँपालिका–३ का वडाध्यक्ष ऋषिदेव पटेलका अनुसार ३०० बिघा धानबालीमा क्षति पुगेको छ । साथै केहि घर पनि डुबानमा परेको उनले बताए ।
यस्तै सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ । बाढीका कारण सयौं बिघामा लगाइएको धानबालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिब ११ सय बिघामा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण