सुकुटे पहिरो
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
आइतबार, १३ असोज २०८१, १५ : ५५
काठमाडौँ । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको बेपत्ता भएका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी शनिवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा बेपत्ता भएका हुन् ।
शनिवार सो रिसोर्ट पहिरोले बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा हिजो बेपत्ता भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनको परिचयपत्र भेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण