रिसोर्ट बगाउँदा बेपत्ता नेपाली सेनाका कर्णेल केसीको मृत्यु
काठमाडौँ । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल (प्रमुख सेनानी) मिलन केसीको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परेर मृत्यु भएको हो ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाएपछि उनी बेपत्ता भएका थिए । उनको शव भेटिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन् ।
शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । त्यसमध्ये एउटा शव केसी भएको बताइएको छ ।
शनिबारै मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको थिएन । आइतबार परिचयपत्र भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको हो ।
भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्टमा रहेका साथीहरु पहिरोमा परेपछि उनी उद्धारमा जुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण