एभरेष्ट महिला भलिबल लिगको पूर्वसन्ध्यामा ट्रफीसँग कप्तानहरू
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको पूर्वसन्ध्यामा सहभागी ६ वटै टोलीका कप्तानहरू ट्रफीसहित सार्वजनिक भएका छन् ।
प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । प्रतियोगिता खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ ।
महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीका कप्तानहरूले प्रतियोगिताका लागि आफूहरू पूर्णरुपमा तयार रहेको जानकारी दिएका छन् ।
इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ ।
लिग आयोजना गरेबापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ । प्रतियोगितामा गण्डकी, काठमाडौँ, ललितपुर, चितवन, कर्णाली र मधेस टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन खेल काठमाडौँ स्पाइकर्स र ललितपुर क्विन्सबिच खेलिने छ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ । पहिलो दिन नै मधेस युनाइटेड र कर्णाली यश्विजबिच दोस्रो हुनेछ ।
मधेस र कर्णालीबिचको खेल १७ः४५ बजे सुरु हुनेछ । पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल १७ः४५ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण