बाढीमा परेर सुकुटेमा कोरियाली नागरिकको मृत्यु
आइतबार, १३ असोज २०८१, १८ : ५४
काठमाडौँ । शुक्रबार र शनिबारको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । पर्यटक प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा रहेका ३५ वर्षीय यु उ सान योङ नाम गरेका पुरुषको मृत्यु भएको हो ।
ती व्यक्तिको शव प्राप्त भए पनि थप पोस्टमार्टमका लागि ल्याउन नसकिएकोले पर्यटक प्रहरीका सहायक निरीक्षक अविश थापाले जानकारी दिए । सो स्थानमा अरू केही विदेशी नागरिकलाई भने उद्धार गरिएको जानकारी प्राप्त भएको बताए ।
त्यसबाहेक सोलुखुम्बुको लुक्ला, गोरखाको मनासलु लगायत ठाउँमा केही पर्यटकहरू फसेको सूचना आए पनि त्यसको यकिन तथ्याङ्क आई नसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण