वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटेका निगमका यात्रुलाई निःशुल्क टिकट
आइतबार, १३ असोज २०८१, १९ : ००
काठमाडौँ । अविरल वर्षाका कारण नेपाल वायु सेवा निगमको टिकट लिएर उडान छुटेका यात्रुहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । काठमाडौँबाट २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण उडानहरू छुट्न गएका यात्रुहरूका लागि यो सुविधा लागु हुनेछ ।
प्रवक्ता रमेश पौडेलले ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले यथाशीघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन आह्वान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण