सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला (पूर्णपाठसहित)
काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ ।
सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।
उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।
सिधाकुरा अनलाईनफे ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको नाम पनि जोडेर प्रकाशन गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसन गैरकानुन हुने फैसलासँग जोडेर समाचार प्रकाशन गरेकाे थियो । उक्त समाचार पछि सर्वोच्च अदालत आफैँले टिप्पणी उठाएर अवहेलना मुद्दा चलाएको थियो । यसरी प्रकाशित गरिएको अडियो परीक्षणका क्रममा फेक भएको पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण