केही विशेष छ यी व्यक्तिको रगतमा, अहिलेसम्म २४ लाख बच्चाको जीवन बचाए
अष्ट्रेलियामा बस्ने जेम्स ह्यारिसनले ६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरिरहे । उनको यो कदमले करिब २४ लाख बच्चाको जीवन बचाउन सकियो ।
‘म्यान विथ अ गोल्डन आर्म’ भनिने ८१ वर्षीया ह्यारिसनको रगतमा एउटा विशेष प्रकारको एन्टीबडी छ जसमार्फत जीवन बचाउने औषधी एन्टी–डी तयार गर्न सकिन्छ ।
ब्ल्ड सर्भिसका अनुसार एन्टी डी ती गर्भवती महिलालाई दिइन्छ जसको रगतले गर्भमा रहेको शिशुलाई हानी गरिरहेको हुन्छ । यो रोगले रक्तअल्पत्ता, कलेजो सुन्निने र गर्भमा रहेको शिशुको मस्तिष्क घात अथवा मृत्यु नै निम्त्याउने गर्दछ । हेमोलिटीक डिजिज अफ न्यूबर्न (एचडीएन) भनिने यो रोग गर्भवती महिलालाई त्यतिबेला लाग्छ जब महिलाको रगत रिसस–नेगेटिभ (RhD negative) हन्छ र गर्भमा रहेको शिशुको रगत रिसस पोजिटिभ (RhD positive) हुन्छ ।
सन् १९६७ देखि अहिलेसम्म अष्ट्रेलियाका गर्भवती महिलालाई एन्टी–डीको ३० लाख डोज दिइयो जुन ह्यारिसनको रगतबाट बनाइएको थियो ।
गत शुक्रबार आफ्नो अन्तिम रक्तदानको क्रममा उनले अष्ट्रेलियाको समूदायलाई आफ्नो रेकर्ड तोड्न च्नौती दिएका छन् । ह्यारिसनले ११ सय १७ पटक रक्तदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण