चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक एकतर्फी सञ्चालन
आइतबार, १३ असोज २०८१, २० : ३६
हेटौंडा । चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक एकतर्फी सुचारु भएको छ । पहिरोले अवरुद्ध भएको उक्त सडक आइतबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्डकको पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । बिहीबारदेखि अविरल परेको वर्षाका कारण सो सडक खण्ड अन्तर्गतको विभिन्न स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प भएको थियो ।
हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै पालुङ बज्रबाराही चित्लाङ–चन्द्रागिरि–काठमाडौँ यात्रा गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यससँगै हेटौंडा काठमाडौँ सडक सञ्जाल सम्पर्क जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण