नेकपा (बहुमत) निकट विद्यार्थी बाढी प्रभावित विद्यालयको सरसफाइमा
काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले बाढी प्रभावित विद्यालयको सरसफाइ गरेको छ । वर्षाका कारण डुबानमा परेका काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेत मावि, कलङ्कीमा रहेको ज्ञानोदय मावि लगायतका विद्यालयको सरसफाइ गरेको हो ।
बाढी पसेर विद्यालय सञ्चालन गर्ने अवस्था नै नभएपछि अखिल (क्रान्तिकारी) ले सरसफाइ गरेको हो । आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सरसफाइ गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
बिहानदेखि सरसफाइ गरेर विद्यालय सञ्चालनको अवस्थामा पुर्याइएको क्रान्तिकारीले जनाएको छ । सरसफाइपछि भोलिदेखि विद्यालय सञ्चालन हुनेछन् । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाका अध्यक्ष हस्त विकले सङ्गठनका केन्द्रदेखि इकाई सम्मका सम्पूर्ण नेता तथा कार्यकर्ताको सक्रियतामा सरसफाइ गरिएको बताए ।
काठमाडौँभित्रकै विभिन्न विद्यालयहरू डुबानमा परेको भन्दै तत्काल विद्यालयको पठनपाठनका लागि सरसफाइ गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण