मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन
धनुषा । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक/एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले भने, 'मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्रीको अगुवाइमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेसको कुन वडामा कति क्षति भएको छ, वडास्तरीय क्षतिका विवरण ल्याउन निर्देशनसमेत दिइएको छ ।'
मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण