सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउन ‘ड्रागन’ आईएसएस पुग्यो
सोमबार, १४ असोज २०८१, ०८ : ०५
वासिङ्टन डिसी । इन्टरनेसनल स्पेस स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्रागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको हो।
यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकि दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन्। अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन्।
यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेका थिएनन् ।
अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण