अवरुद्ध राजमार्ग र सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने
काठमाडौँ । शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरू मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरूमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।
देशको राजधानी जोडने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसे–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिए ।
टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छभने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म सञ्चालनमा आउने पनि ढकालले जनाए ।
अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रूपमा मुलकोट बाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।
सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ । पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्याङ्क छ । यद्यपि, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।
चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठुलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरू मध्ये ४७ स्थानमा राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण