काभ्रेको मंगलटार क्षेत्रबाट सेनाको हेलिकप्टरमार्फत ३ सय जनाको उद्धार
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकास्थित मंगलटार क्षेत्रमा भ्याकुरे खोला र रोशीले वितण्डा मच्चाएका छन् । बाढीका कारण अलपत्र परेका ३ सय जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिरामी, घाइते र जेष्ठ नागरिकलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
सोमबार मात्रै रोशी गाउँपालिका स्थित वडा नम्बर–९ र ११ बाट २ सय जनालाई उद्धार गरिएको छ । आइतबार बिहानबाट सुरु गरिएको उद्धार अहिले पनि जारी छ । रोशी, भ्याकुरे र माम्ती खोलामा आएको बाढीका कारण बीपी हाइवे अवरुद्ध भएपछि मंगलटाबाट करिब ७ हजार मानिसहरू हिँड्दै भकुण्डेवेशी पुगेका छन् ।
१ हजार ६ सय यात्रुलाई भ्याकुरे खोला पार गराएर गन्तव्यतर्फ पठाएको इन्स्पेक्टर गिरीले बताए । कालढुंगामा रोशीमा मिसिने भ्याकुरे खोलाको बहाव नघट्दा सो क्षेत्रका स्थानीय बिचल्लीमा परेका छन् । सिन्धुलीतर्फबाट आएका १ सय ५ वटा सवारीलाई प्रहरीले सुरक्षित पार्किङ गराएर राखेको छ । वीपी हाइवेको मंगलटार क्षेत्रमा करिब ५ सय सवारी साधन रोकिएका छन् । भकुण्डे–मंगलटार खण्डमा ६ ठाउँको सड्क रोशीले बगाएको छ ।
प्रहरीले २० बोरा चिउरा र दालमोठ वितरण गरेको छ । करिब ४ मानिसहरूलाई सडकमै प्राथमिक उपचार गरिएको छ । उद्धार गरिएका १ सय जनालाई मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा सेल्टर दिइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण