टेस्ट क्रिकेटमा भारतले बनायो गजबको कीर्तिमान !
सोमबार, १४ असोज २०८१, १४ : १२
काठमाडौँ । भारतीय क्रिकेट टोलीले टेस्ट क्रिकेटमा गजबको कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले यस्तो कीर्तिमान बनाएको हो ।
बंगलादेशी टोली आफ्नो पहिलो पालीमा दुई सय ३३ रनमा अलआउट भएको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको भारतले आक्रामक ब्याटिङ गर्दै तीन ओभरमै ५० रन बनायो ।
भारतले तीन ओभरमा ५० रन बटुल्दै कीर्तिमान बनाएको हो । यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्षअघि वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । अहिले भारतले त्यही कीर्तिमान तोडेको हो ।
भारतका लागि कप्तान रोहित शर्मा र यशस्वी जैसवालले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमा ५० रन बनाएका हुन् । रोहितले केवल ६ बलमा १९ रन र यशस्वीले १३ बलमा ३० रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण