चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले
सोमबार, १४ असोज २०८१, १५ : ३१
काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् ।
चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए । उनीहरूलाई गन्तव्यमा पुर्याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ ।
बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण