चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले
सोमबार, १४ असोज २०८१, १५ : ३१

काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् ।
चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए । उनीहरूलाई गन्तव्यमा पुर्याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ ।
बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल