अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्यासित रूपमा ग्रिजम्यानको सन्न्यास
काठमाडौँ । चर्चित फ्रान्सेली फुटबल खेलाडी एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । विश्व फुटबलका ३३ वर्षीय यी प्रभावशाली स्ट्राइकरले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।
ग्रिजम्यानले सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । ग्रिजम्यान स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट ब्यवसायीक फुटबल खेल्छन् । उनले सन् २०१४ मा फ्रान्सको सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।
त्यसयता उनले फ्रान्सका लागि एक सय ३७ खेल खेल्दै ४४ गोल गरेका छन् । उनी फ्रान्सलाई फिफा विश्वकपको उपाधि चुमाउने टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । ग्रिजम्यानसहितको टोलीले सन् २०१८ मा फ्रान्सलाई फिफा विश्वकपको उपाधि चुमाएको थियो ।
सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै ग्रिजम्यानले आफ्नो खेल जीवनका केही महत्त्वपूर्ण क्षणको स्मरण पनि गरेका छन् । ‘मेरो मन र मस्तिष्क फुटबलका सम्झनाहरूले भरिएको छ । मैले आफ्नो जीवनको यो अध्यायलाई यहीँ टुङ्ग्याउने निर्णय लिएको छु । फ्रान्सका लागि खेल्न पाउनु मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण हो । यसका लागि म सबैप्रति आभारी छु । म समर्थकहरूप्रति पनि आभार व्यक्त गर्छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण