बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक, वेबसाइट नै डाउन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा लिएको स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ । २०८० सालको असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ । तर, नतिजा प्रकाशन भएसलगत्तै वेबसाइट नै डाउन भएको छ ।
परीक्षा लिएको एक वर्षपछि नजिता प्रकाशन गरेको हो । त्रिविले परीक्षा भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ । तर, बीबीएस प्रथम वर्षमा परीक्षा दिने विद्यार्थी धेरै भए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले आफ्नो कार्यभारको सुरुवातसँगै परीक्षालाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले कार्यभार सम्हाल्ने समयमा तीन वर्षदेखिको परीक्षाका नतिजा प्रकाशन गर्न बाँकी थियो ।
त्यसपछि गत जेठदेखि नतिजा प्रकाशनलाई तीव्रता दिएको थियो । यो अवधिमा विगतमा रोकिएका सबै परीक्षा सकिएको त्रिविले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण